जनकपुरधाम, ३ पुस । प्रेस मञ्च नेपाल मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
जनकपुरधाम मुजेलियास्थित रमन टावरको सभाहलमा सुरु भएको कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य तथा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको विशिष्ट आतिथ्य जसपा नेपालको शीर्षनेता एवं मधेस प्रदेश आठैवटा जिल्लाका प्रेस मञ्च आवद्ध पत्रकारहरुको उपस्थितिमा कार्यक्रमको उदघाटन गरेका छन्
संघीयता, समाजवाद, मधेश र पत्रकारीता विषयका तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम मंगलबारदेखि सुरु भएको प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिका अध्यक्ष अभरेन्द्र यादवले जानकारी दिए ।