काठमाडौं, ३० मंसिर । इजरायलले गाजामा बन्धक बनाइएका तीन जना कैदीको गल्तीबस मृत्यु भएको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन ।
इजरायली सेनाले उक्त घटनालाई लिएर तेल अभिवमा भएको प्रदर्शनप्रति पनि खेद व्यक्त गरेको हो । इजरायली सेनाका अनुसार योतम हैम, एलन शम्रिज र समर अल–तलालकालाई गाजा शहरको सीमा क्षेत्रमा अपरेशनको क्रममा गोली हानिएको थियो ।
हमासले अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका अनुमानित २४० व्यक्तिमध्ये यी तीन जना पनि थियो ।
अनुसन्धानबाट उनीहरू २८ वर्षीय र हेम, २५ वर्षीय एल–तालल्का र २६ वर्षीय शाम्रिज भएको पुष्टि भएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उनीहरूको मृत्युलाई ‘सहन कठिन दुखद्’ घटना भनेका छन् ।
घटनाको खबर फैलिएपछि तेल अभिभस्थित इजरायलको रक्षा मन्त्रालयमा सयौं मानिस भेला भएका थिए ा
गत नोभेम्बरमा इजरायली जेलमा रहेका केही प्यालेस्टाइनीहरूको बदलामा १०० भन्दा बढी बन्धकहरूलाई हमासलद्वारा मुक्त गरिएको थियो । त्यसपछि त्यो सम्झौता अन्त्य भएको छ र लडाइँ फेरि सुरु भएको छ ।