काठमाडौं ्र मंसिर ा इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान शहरस्थित एक आवासीय भवनमा शुक्रवार आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।
भने १८ जना घाइते भएका छन् । सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, ‘सबैभन्दा पहिला भवनको तेस्रो र चौथो तलामा आगो लागेको थियो, ती तलामा विश्वविद्यालयका छात्र र शिक्षक बस्छन् ।
त्यसपछि आगो सम्पूर्ण पाँच तले भवनमा फैलिएको थियो । प्रारम्भिक अनुसन्धानबाट विद्युत् सर्ट हुँदा आगो लागेको अनुमान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सिभिल डिफेन्स टिम र दमकलहरूले आगो निभाएका छन् ।