काठमाडौं, १९ मंसिर । डिसेम्बर ५ अर्थात् आज विश्व माटो दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ संसारभर डिसेम्बर ५ का दिन विश्व माटो दिवस मनइन्छ ।
‘विश्व माटो दिवस २०२३’ का अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले यही मंसिर १६ गतेदेखि नै कार्यक्रम गरिरहेको छ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नारा सहित शुरु भएको कार्यक्रम मंगलबारसमापन गरिँदैछ ।
नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायलगायतका विषयमा प्रचारप्रसार, माटोको निःशुल्क जाँच शिविर, विद्यार्थीलाई स्वच्छ माटोको आवश्यकताबारे जानकारी दिइरहेको छ ।