जनकपुरधाम , १४ मंसिर । महोत्तरीमा चुरे संरक्षणका चुनाैती र सम्भावना विषयमा सामुदायिक बहस कार्यक्रम गरिएकाे छ ।
चुरे नदी प्रणाली संरक्षण सराेकार पत्रकार समाज जनकपुरधामकाे आयाेजना, वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशकाे सहकार्य र चुरे उत्थानशील आयाेजना कार्यान्वयन इकाई बर्दिवास तथा आसमान नेपालकाे सहयाेगमा भएकाे साे कार्यक्रममा चुरे संरक्षणमा देखिएकाे विभिन्न चुनाैती, सम्भावना र उपायबारे विज्ञहरुबिच छलफल गरिएकाे छ ।
कार्यक्रममा चुरे संरक्षणका चुनाैती र सम्भावना विषयमा तीनवटा कार्यपत्र प्रस्तुत गरिएकाे थियो । सरोकार समाजका अध्यक्ष अनिलकुमार कर्णकाे अध्यक्षता तथा प्रदेशसभा सदस्य शारदा थापाकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिएकाे छ ।
कार्यक्रममा चुरेविज्ञ डा. विजय कुमार सिंह, मधेश प्रदेश वन मन्त्राल यका राजिव झा, जिल्ला वन कार्यालय धनुषाका डिएफओ बेचन चाैधरी, सिरहाका सुजित झा, भु -संरक्षण अधिकृत बेचन कुमार महताे, फेकाेफन मधेश प्रदेशका अध्यक्ष साेमप्रसाद शर्मा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनाेजकुमार साह, पत्रकार अजित तिवारी लगायतले सहभागिता जनाउँदै आ -आफ्नो विचार राखेका थिए ।
कार्यक्रममा आयाेजक चुरे नदी प्रणाली संरक्षण सराेकार पत्रकार समाज जनकपुरधामका अध्यक्ष अनिलकुमार कर्णले चुरे संरक्षणमा संचालन गरिएकाे चुरे चाैबटिया सम्वाद तथा पद यात्राकाे विषयमा जानकारी गराउनुभयाे ।
समाजले चुरे बचाऔं, तराई मधेशकाे अन्न र पानी जाेगाऔ नाराका साथ पहिलाे चरणमा पुर्वकाे काेशी देखि महाेत्तरीकाे बर्दिवाससम्म पैदल यात्रा तथा समुदायसँग चाैबटिया सम्वाद गरेकाे जनाएकाे छ ।