KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुर न्यूरो हस्पिटलले लियो एक बालकको ज्यान

जनकपुर न्यूरो हस्पिटलले लियो एक बालकको ज्यान

जकपुरधाम, ७ मंसिर । डिस्चार्ज गर्नेवित्तिकै गम्भीर बिरामी परेका एक बालकको मृत्यु भएपछि आफन्तजनले जनकपुर न्यूरो हस्पिटलले लापरवाही गरेको आरोप लगाएका छन् ।

गम्भीर बिरामी परेका धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने ४ वर्षीय जेम्स कालिकोटेको बिहीबार विहान मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाही रहेको भन्दै शव उठाउन मानेका थिएन ।

बुधबार बिहान बालकले एक्कासी बान्ता गरेका थिए । रुघाखोकी जस्तो देखिएर स्वास्थ्यमा समस्या देखिएपछि बाल रोग विशेषज्ञ डा. शशिभूषण ठाकुरको क्लिनिकमा ल्याएका थिए ।

डा. ठाकुरले आफू कार्यरत न्यूरो हस्पिटलमा उपचार गर्न रेफर गरेका मृतक बालकका मामा सुनिल परियारले बताए । बालकलाई बुधबार नै हस्पिटलमा भर्ना गरिएको थियो ।

निको भयो भनेर हस्पिटलले बिहीबार बिहान १० बजेतिर डिस्चार्ज गरेको थियो । निस्किने बेला अचानक बालकले जोडले श्वास फालेर सिकिस्त भएपछि पुनः उपचार गर्दा तुरुन्तै मृत्यु भएको उपचारका लागि कुरुवा आएका छिमेकी मनिषकुमार कर्णले बताए ।

‘चिकित्सकले पिसाबमा इन्फेक्सन छ भनेका थियो । ठीक भइहाल्छ भनेर डिस्चार्ज गरिदियो । डिस्चार्ज भएर तल गेटमा आइसकेपछि बालक एकैपट लामो सास फालेर बेहोस भए ।

अनि उपचार थालिएपछि मृत्यु भयो’, मनिषले भने, ‘एक्कासी कसरी यस्तो भयो । उपचारमै कुनै लापरबाही गरिएको हुनुपर्छ ।’ डा. ठाकुरले बालकलाई पिसाबमा इन्फेक्सन भएको र उपचारबाट सामान्य भएपछि परिवारजनकै आग्रहमा डिस्चार्ज गरेपछि अचानक मृत्यु भएको बताए ।

‘बालक आज बिहान खेलिरहेका थिए । मोबाइल पनि चलाइरहेका थिए । बच्चाको आमाले भन्नुभयो मेरो बच्चा खेलिरहेको छ, अब डिस्चार्ज गरिदिनुस् । हामी काठमाडौं नै बस्छौं, काठमाडौं नै लिएर जान्छौं । त्यसपछि मैले डिस्चार्ज गरिदिएँको हुँ’, डा. ठाकुरले भने ।

बालकको अचानक मृत्यु हुनुमा उपचारको लापरबाही नभएको भन्दै उनले पहिलादेखि बालकमा अरु कुनै स्वास्थ्य समस्या रहेको हुन सक्ने दाबी गरे ।

यो अस्पताल फागुन २०७८ देखि डा. विजय राउतले बिना स्वीकृति सञ्चालन गरिरहेका छन् । २९ साउनमा स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल, मधेश प्रदेश सरकारको स्वास्थ्य महाशाखा र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको टोलीले न्यूरो हस्पिटलको अनुगमन गरेको थियो ।

स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. अनुप बास्तोलाको नेतृत्वमा भएको सो अनुगमनले तुरुन्त मापदण्ड पूरा गरी स्वीकृति लिन अथवा विशिष्टिकृत सेवा हटाएर जेनरल सेवा सञ्चालनको अनुमति अथवा हस्पिटल नै बन्द गर्न निर्देशन दिएको थियो । अस्पतालले मापदण्ड पूरा नगरेकाले विभागले अनुमति दिएको छैन ।

Facebook Comment

Related Posts

अख्तियारले घुस मुद्दालाई फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन जारी

अख्तियारले घुस मुद्दालाई फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन जारी

जलवायु परिवर्तनले मानवताको भविष्य नै खतरामा पार्दै छ : परराष्ट्रमन्त्री

जलवायु परिवर्तनले मानवताको भविष्य नै खतरामा पार्दै छ : परराष्ट्रमन्त्री

भूमि सम्बन्धी विधेयकमा अध्यक्ष उपेन्द्र यादवको आपत्ति

भूमि सम्बन्धी विधेयकमा अध्यक्ष उपेन्द्र यादवको आपत्ति

राष्ट्रपतिबाट हज यात्रीलाई शुभकामना

राष्ट्रपतिबाट हज यात्रीलाई शुभकामना

गभर्नर नियुक्तिमा चलखेल र प्रपञ्च भइरहेको प्रचण्डको आरोप

गभर्नर नियुक्तिमा चलखेल र प्रपञ्च भइरहेको प्रचण्डको आरोप

विश्वकप एसिया छनोटमा नेपाल महिला टी – २० सुपर ३ मा प्रवेश

विश्वकप एसिया छनोटमा नेपाल महिला टी – २० सुपर ३ मा प्रवेश

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar