KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुर न्यूरो हस्पिटलले लियो एक बालकको ज्यान

जनकपुर न्यूरो हस्पिटलले लियो एक बालकको ज्यान

जकपुरधाम, ७ मंसिर । डिस्चार्ज गर्नेवित्तिकै गम्भीर बिरामी परेका एक बालकको मृत्यु भएपछि आफन्तजनले जनकपुर न्यूरो हस्पिटलले लापरवाही गरेको आरोप लगाएका छन् ।

गम्भीर बिरामी परेका धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने ४ वर्षीय जेम्स कालिकोटेको बिहीबार विहान मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाही रहेको भन्दै शव उठाउन मानेका थिएन ।

बुधबार बिहान बालकले एक्कासी बान्ता गरेका थिए । रुघाखोकी जस्तो देखिएर स्वास्थ्यमा समस्या देखिएपछि बाल रोग विशेषज्ञ डा. शशिभूषण ठाकुरको क्लिनिकमा ल्याएका थिए ।

डा. ठाकुरले आफू कार्यरत न्यूरो हस्पिटलमा उपचार गर्न रेफर गरेका मृतक बालकका मामा सुनिल परियारले बताए । बालकलाई बुधबार नै हस्पिटलमा भर्ना गरिएको थियो ।

निको भयो भनेर हस्पिटलले बिहीबार बिहान १० बजेतिर डिस्चार्ज गरेको थियो । निस्किने बेला अचानक बालकले जोडले श्वास फालेर सिकिस्त भएपछि पुनः उपचार गर्दा तुरुन्तै मृत्यु भएको उपचारका लागि कुरुवा आएका छिमेकी मनिषकुमार कर्णले बताए ।

‘चिकित्सकले पिसाबमा इन्फेक्सन छ भनेका थियो । ठीक भइहाल्छ भनेर डिस्चार्ज गरिदियो । डिस्चार्ज भएर तल गेटमा आइसकेपछि बालक एकैपट लामो सास फालेर बेहोस भए ।

अनि उपचार थालिएपछि मृत्यु भयो’, मनिषले भने, ‘एक्कासी कसरी यस्तो भयो । उपचारमै कुनै लापरबाही गरिएको हुनुपर्छ ।’ डा. ठाकुरले बालकलाई पिसाबमा इन्फेक्सन भएको र उपचारबाट सामान्य भएपछि परिवारजनकै आग्रहमा डिस्चार्ज गरेपछि अचानक मृत्यु भएको बताए ।

‘बालक आज बिहान खेलिरहेका थिए । मोबाइल पनि चलाइरहेका थिए । बच्चाको आमाले भन्नुभयो मेरो बच्चा खेलिरहेको छ, अब डिस्चार्ज गरिदिनुस् । हामी काठमाडौं नै बस्छौं, काठमाडौं नै लिएर जान्छौं । त्यसपछि मैले डिस्चार्ज गरिदिएँको हुँ’, डा. ठाकुरले भने ।

बालकको अचानक मृत्यु हुनुमा उपचारको लापरबाही नभएको भन्दै उनले पहिलादेखि बालकमा अरु कुनै स्वास्थ्य समस्या रहेको हुन सक्ने दाबी गरे ।

यो अस्पताल फागुन २०७८ देखि डा. विजय राउतले बिना स्वीकृति सञ्चालन गरिरहेका छन् । २९ साउनमा स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल, मधेश प्रदेश सरकारको स्वास्थ्य महाशाखा र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको टोलीले न्यूरो हस्पिटलको अनुगमन गरेको थियो ।

स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. अनुप बास्तोलाको नेतृत्वमा भएको सो अनुगमनले तुरुन्त मापदण्ड पूरा गरी स्वीकृति लिन अथवा विशिष्टिकृत सेवा हटाएर जेनरल सेवा सञ्चालनको अनुमति अथवा हस्पिटल नै बन्द गर्न निर्देशन दिएको थियो । अस्पतालले मापदण्ड पूरा नगरेकाले विभागले अनुमति दिएको छैन ।

Facebook Comment

Related Posts

जग्गा व्यवस्थापनदेखि शैक्षिक सुधारसम्म सरकार गम्भीर : मन्त्री पोखरेल

जग्गा व्यवस्थापनदेखि शैक्षिक सुधारसम्म सरकार गम्भीर : मन्त्री पोखरेल

चरित्रहत्या गरेको आरोपमा अशोक दर्जी प्रहरीमा

चरित्रहत्या गरेको आरोपमा अशोक दर्जी प्रहरीमा

सुनसरीको देवानगञ्जमा अवस्था तनावपूर्ण, सेना परिचालन

सुनसरीको देवानगञ्जमा अवस्था तनावपूर्ण, सेना परिचालन

कैलालीमा आत्मदाह प्रयास गर्ने ज्योति चौधरीको बाटोमै मृत्यु

कैलालीमा आत्मदाह प्रयास गर्ने ज्योति चौधरीको बाटोमै मृत्यु

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar