काठमाडौं, ७ मंसिर । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ ।
कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक ¥यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको छ ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ ।
त्यही बेला युवासंघको ¥याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दैछ । ढुंगामुढाबाट बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ ।
अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।