जनकपुरधाम, ६ मंसिर । मधेश प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालकी सन्जिला कुमारी यादवले पद तथा गोपनीयताको सपथ लिएकी छिन् ।
समानुपातिक सांसद बिन्दु कुमारी यादवको मृत्यु पश्चात उनको स्थानमा सन्जिलाले बुधबार प्रदेशसभामा सपथ लिएकी छिन ।
सभामुख रामचन्द्र मण्डलले यादबलाई सपथ ग्रहण गराएका हुन् ।
यादवले मैथिली भाषामा सपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।