जनकपुरधाम, २२ कातिक । प्रहरी समायोजनका लागि दबाब दिन मधेश प्रदेश सरकारले बिहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउने भएको छ ।
जनकपुरधामको मधेश भवनमा प्रदेश सरकारले बुधवार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी दिनुभएको छ ।
निजामती ऐन र प्रहरी समायोजनका लागि संघीय सरकारलाई एक महिने अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाउने मुख्यमन्त्री सरोज कुमार यादवले बताए । उनले एक महिनाभित्र माग पूरा नगरे संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
यादबले भने, ‘यसअघि पनि संघीय सरकारलाई पटक पटक प्रदेश सरकारले दबाब दिएको छ । त्यतिबेला चुनावको आयो । तर यो पटक आरपारको आन्दोलन गर्छौं ।
आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक्ताअनुसार काम गर्न नसकेको मुख्यमन्त्री यादवले बताए ।