काठमाडौँ, २१ कतिक । शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल सकिएको छ ।
सिंहदरबारमा भएको छलफलमा विशेषगरी १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने पार्टी नेताकाबीचमा समसामयीक पछिल्लो राजनीतिमा देखापरेका ब्यवधानका बारेमा नेताहरुले आ–आफ्नो तर्फबाट धारणा राखेका थिए ।
बैठकमा सहभागी एमाले सचेतक महेश बर्तौलाले भने,‘ ‘शान्ति, संविधान र व्यवस्थाप्रति जसरी आक्रमण र भड्काउने प्रयास भएको छ । त्यसक्रममा एमालेले भने सरकारको कामकारबाही सन्तोषजनक नरहेको भन्दै सरकारको कार्यशैली परिवर्तन गर्नुपर्ने धारणा राखेको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।