जनकपुरधाम, ०७ कार्तिक । बडा दशैँअन्तर्गत मंगलवार जनकपुरधाममा रावणबध कार्यक्रम सम्पन्न भएको छ ।
विजयादशमीका दिन रावणमाथि विजय प्राप्त भएको धार्मिक मान्यतानुसार महावीर युवा कमिटीले चौध वर्षदेखि रावण वध कार्यक्रम आयोजना गर्दै आएको छ ।
राम मन्दिरका महान्थले गंगासागर र धनुषसागरका डिलमा रावण, कुम्भकर्ण र मेघनाथको बनाइएको प्रतिमामा धनुषले आगो प्रज्वलन गरी वध गर्नुभएको थियो ।
सो रावणबध कार्यक्रम हेर्न गंगासागर र धनुषसागरको वरिपरि भीड लागेको थियो ।