जनकपुरधाम, ०४ असोज । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साहले सबैलामा कबड्डी प्रतियोगिता उद्घाटन गरेकी छिन् ।
शनिबार सबैला नगरपालिकाको सबैला बजारमा गुराँस युवा क्लबले विजयादशमीको अवसरमा आयोजित कबड्डी प्रतियोगिताको समान्य प्रशासन मन्त्री अनिता देवी साहले रिवन काटेर उद्घाटन गरिन ।
मन्त्री साहले कबड्डी प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुराँस युवा क्लबले खेलकुदको क्षेत्रमा योगदान र निरन्तरता दिदै आइरहेकोले सो क्लबका प्रशंसा गरिन।
उनले सबैला खेलकुदको क्षेत्रमा देश विदेशमासमेत नाम कमाएको बताइन् ।
उनले मधेशी समाजले महिलालाई अगाडि बढाउन थालेकोमा खुसी व्यक्त गरेकी थिइन ।