KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज दशैंको सातौं दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै

आज दशैंको सातौं दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै

काठमाडौं, ४ कात्तिक । बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ ।

नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । देवीको स्वरुपलाई कालरात्रि भनिन्छ ।

कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

राजधानी र राजधानीका बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । बडादशैंको सातौं दिन आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गर्दैछ ।

फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । सो कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ ।

आजै गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइँदै छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैं घरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखा दरबारको दशैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ ।

Facebook Comment

Related Posts

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ गर्न आग्रह

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ गर्न आग्रह

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

दुर्गमदेखि विश्वसम्म जोड्ने माध्यम : आज विश्व रेडियो दिवस

दुर्गमदेखि विश्वसम्म जोड्ने माध्यम : आज विश्व रेडियो दिवस

ताजा समाचार

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ गर्न आग्रह

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ गर्न आग्रह

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

धनुषा क्षेत्र-४ मा कांग्रेसको प्रभाव बढ्दो, जनसमर्थन विस्तार

धनुषा क्षेत्र-४ मा कांग्रेसको प्रभाव बढ्दो, जनसमर्थन विस्तार

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar