काठमाडौं, ०१ कार्तिक । भारत सरकारले विश्वका ७ देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ ।
भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै नेपालसहित ७ मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएका छन । यससँगै नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको छ ।
यसबाहेक, क्यामरुनले १ लाख ९० हजार मेट्रिक टन, मलेसियालाई १ लाख ७० हजार मेट्रिक टन, फिलिपिन्सलाई २ लाख ९५ हजार चामल निर्यात हुनेछ ।
त्यस्तै कोटे डी’ओइभोर, रिपब्लिक अफ गिनी र सिसेल्समा पनि निर्यात खुलेको छ । यसअघि, भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
जसबाट, नेपाल लगायत विश्वका अधिकांश देश प्रभावित बनेका थिए ।