बिहार, २५ असोज । भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ भने १०० जना भन्दा बढि घाइते भएको पुष्टि भएको छ ।
दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् ।
यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ ।
घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।