जनकपुरधाम , ८ असोज । आज विहान जनकपुरधाम आइपुगेका राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिरमा दर्शन तथा पुजाअर्चना गरेका छन् ।
राष्ट्रपति पौडेल जनकपुर विमानस्थलबाट जानकी मन्दिरमा पुगेर पुजाअर्चना गरेका छन् ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकी मन्दिरको गर्भगृहमै राष्ट्रपति पौडेललाई पुजापाठ गराई दर्शन गराएका हुन ।
जानकी मन्दिरको दर्शन पछि राष्ट्रपति पौडेल मधेश प्रदेशका प्रमुख हरिशंकार मिश्रसँग भेटघाट गरी जलपान ग्रहणको कार्यक्रम व्यवस्था गरिएको जनाइएको छ । भने त्यसपछि उनी नेपाल राष्ट्र बैंक जनकपुरधाम स्थित अतिथि निवासमा विश्राम गर्नेछन् ।
त्यसपछि दिउँसो १ बजे तिरहुतिया गाछी स्थित निर्माण गरिएको महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भने सोही केन्द्रमा जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
उनी आज दिउँसो ४ बजेसम्म जनकपुरधाममा हुने विभिन्न कार्यक्रममा सरिक हुनेछन् । त्यसपछि उनी पुनः काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ ।