महोत्तरी, ३ असोज । महोत्तरी प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा महोत्तरीको जलेश्वर नगरपालिका ७ बस्ने २५ वर्षीय सुरेन्द्र दास र धादिङको थाक्रे गाउँपालिका ७ बस्ने २३ वर्षीय जिवन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बुधबार जलेश्वर १ स्थित महादेव मन्दिर नजिक जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको गस्ति टोलिले बा प्र ०१–०२६ च ४९२१ नम्बरको पिकप गाडिलाई शंकाको आधारमा चेकजाँच गर्दा गाडीभित्र मिनरल वाटरहरूको बिचमा लुकाईछिपाई राखेको लागूऔषध गाँजा १४ पोकामा अन्दाजी २१० किलो बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभएको छ ।
थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।