सप्तरी, २ असोज । सोमबार सप्तरीको राजबिराज नगरपालिका ९ मलेठ स्थित आफ्नो नानाको घरमा आएका सुनसरीको कोशी गाउँपालिका ५ दुधगत बस्ने बिन्देश्वर यादवको ८ वर्षीय छोरा आशिष कुमार यादवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफन्तका घरमा आएका बालक घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका थिए । उपचारका लागि बालकलाई गजेन्द्र नारायण सिंह अस्पतालमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो ।