KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन प्रधानमन्त्री अमेरिका प्रस्थान

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन प्रधानमन्त्री अमेरिका प्रस्थान

काठमाडौं, ३० भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन उनी शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई बिदाइ गर्न विमानस्थलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कूटनीतिक नियोगका अधिकारीलगायत अन्य मन्त्रीहरू उपस्थित थिए ।

महासभालाई सम्बोधन गर्नु अघिल्लो दिन मंगलबार उनी अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

अमेरिकामा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ ।

न्युयोर्क बसाइका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।

प्रधानमन्त्रीको भ्रमणमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याललगायत सहभागी छन् । प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै सीधै चीन जाने कार्यक्रम छ ।

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने बताइएको छ । उनले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Facebook Comment

Related Posts

रवि लामिछानेलाई राहत, संगठित अपराधको कसुर फिर्ता हुने

रवि लामिछानेलाई राहत, संगठित अपराधको कसुर फिर्ता हुने

सरकारले ल्याएका चार अध्यादेश  संसदबाट पारित

सरकारले ल्याएका चार अध्यादेश संसदबाट पारित

न्याय र उपचार दुवैको माग, मग्नु दासको पक्षमा दलित विकास समिति

न्याय र उपचार दुवैको माग, मग्नु दासको पक्षमा दलित विकास समिति

घुससहित पक्राउ परेका श्रीदेव यादवविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित पक्राउ परेका श्रीदेव यादवविरुद्ध भ्रष्टाचार मुद्दा

उत्पादनमूलक लगानीका लागि ऋण आवश्यक : अर्थमन्त्री

उत्पादनमूलक लगानीका लागि ऋण आवश्यक : अर्थमन्त्री

रास्वपाको महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक असार ११ सम्म स्थगित

रास्वपाको महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक असार ११ सम्म स्थगित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar