जनकपुरधाम, ३० भदौ । रौतहटको कटहरिया नगरपालिका ५ सपहीका २५ वर्षीय सुनिल यादवको शुक्रबार साँझ छुरा प्रहार गरी हत्या गरिएको छ ।
यादवलाई छिमेकी ५० वर्षीय रामबाबु साह राति साढे ८ बजे घरमै पसेर छुरा प्रहार गरेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले बताउनुभएको छ ।
डिएसपी केसीका अनुसार बायाँ कोखमा छुरा प्रहारबाट गम्भीर घाइते सुनिललाई प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा लगिएको थियो । त्यहाँ उपचारको क्रममा मृत्यु भएको थियो ।
लामोसमयदेखि दुबै छिमेकमा एक आपसबीच बिबाद र रिसिइवी चलिआएको थियो । शुक्रबार साँझ बच्चाको विषयमा विवाद हुँदा साहले घरमै पसेर सुनिललाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले छुरा प्रहार गर्ने साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।