काठमाडौं, २४ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आफ्नो आसन्न चीन भ्रमण फलदायी र प्रभावकारी हुने बताउनुभएको छ ।
आइतबार चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलको छलफलमा उनले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुने भन्दै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताएका छन ।
यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो उनले भने । भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ ।
भ्रमण फलदायी र प्रभावकारी हुन्छ । सरकारले दुवै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्ट्याउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताए ।