जनकपुरधाम, २३ भदौ । बाँकेमा रोकि राखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ ।
दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँएर दुर्घटना भएको ।
दुर्घटनामा चालकसहित सात जनाको मृत्यु भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिनुभएको छ । मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका(३ का ५० वर्षीय काशिराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू छन् ।
मृतक तीन जनाको भने परिचय खुलिसकेको छैन । डिएसपी डाँगीका अनुसार बसमा ४१ यात्रु सवार थिए । उनीहरू सबै बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वार बर्दियाको टोली हुन् ।
उनीहरू दाङ भ्रमणबाट फर्किँदै थिए । दुर्घटनामा २८ जना घाइते भएका छन् । तीमध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकी १९ जना सामान्य रहेको डिएसपी डाँगीले जानकारी दिएका छन ।
डिएसपीका अनुसार घाइते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।