काठमाडौं,२१ भदौ । जनमत पार्टीले चिनियाँ राजदुत छेन सोङलाई फिर्ता पठाउन माग गरेको छ ।
पार्टीका तर्फबाट उपाध्यक्ष अब्दुल खानले बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै यस्तो माग गरेका हुन् ।
नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनिया राजदुतलाई नभएको उनले बताउनुभएको छ ।
‘नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनुष्यता लगाउने काम गर्न खोजिएको छ ।
यो घोर निन्दनीय छ’ उपाध्यक्ष खानले भने, ‘यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदुतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रुपमा गर्दछु ।’