काठमाडौं, २० भदौं । काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका युवक श्याम सापकोटाले आफूलाई अभियान्ता भनेर चिनाउँदै हिँड्ने गरेको खुलेको छ ।
बुधबार दिउँसो रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर निस्कँदैगर्दा सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए ।
नुवाकोट घर भएका सापकोटा आफूलाई अभियान्ता बताउँदै हिँड्ने गरेको पाइएको काठमाडौं परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिए ।