जनकपुरधाम, १२ भदौ । सर्लाहीमा करेन्ट लाग्दा बर्दिया घर भएका २८ वर्षीय अशोक चौधरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिवन नगरपालिका २ अत्रौलीमा भइहेको मोटरेवल पुल निर्माणमा खटिएका चौधरीको हाइटेन्सन लाइनको तार छुँदा करेन्ट लागेर मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई पुल निर्माणमा खटिएका साथीहरुले तत्कालै उपचारको लागि हरिवनस्थित नमूना अस्पताल पुर्याएका थिए ।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।