काठमाडौँ, ९ भदौ । मधेश आन्दोलनमा मारिएका पार्टी कार्यकर्ताहरूलाई शहीद घोषणा नगरेकोभन्दै सरकारप्रति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले असन्तुष्टि व्यक्त गरेका हुन ।
पार्टी स्थापना दिवसको अवसरमा शनिबार पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित कार्यक्रम समापन पछि ठाकुरले सञ्चारकर्मीहरुसंग बोल्दै मधेश आन्दोलनको क्रममा मारिएका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई शहीद घोषणा समेत नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।