जनकपुरधाम, ८ भदौ । पछिल्लो २४ घन्टामा सिरहामा १०९ मिलिमिटर पानी परेको हो ।
बाढी पूर्वानुमान् महाशाखाका अनुसार लहान स्टेशको मापनमा पछिल्लो एक घन्टामा सिराहामा ४९.४ मिलिमिटर वर्षा भएको छ । लगातारको वर्षाका कारण दूधकोशी र कमला नदीमा जलसत सतर्कता तह पार गरेको छ ।
दुधकोशी नदी खोटाङको रबुवाबजारमा ६ मिटर नाघेको छ । कमला नदी सिन्धुलीको रानीबासमा सतर्कता तह नाघेको छ । बाढी पूर्वमानुमान महाशाखका अनुसार रानीबासमा कमला नदीको जलसतह ३.७८ मिटर पुगेको छ ।
यसको सतर्कता तह ३.५ मिटर कायम गरिएको छ ।