जनकपुरधाम, २९ साउन । जनमत पार्टीबाट अनिता देवी साह संघीय सरकारको मन्त्रीको रुपमा नियुक्त भएका छन् ।
डा सीके राउत नेतृत्वको पार्टी सरकारमा सहभागी हुँदा समानुपातिक सांसद साहलाई मन्त्री बनाएको छ । अनिताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
गत स्थानीय तहको निर्वाचनमा जनमत पार्टीबाट मेयरको उम्मेदवार बनेकी उनी १ हजार ४३७ मत प्राप्त गर्दै सातौँ स्थानमा सीमित भएकी थिइन् ।