जनकपुरधाम, २८ साउन । धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरीलाई १ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
पर्खाल निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना पाएर पुगेको र अख्तियारको बर्दिबास कार्यालयको टोलीले १ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेकसहित चौधरीलाईपक्राउ गरेको छ ।
इन्जिनियर चौधरीसँगै उनका सहयोगी गुरुदेव यादव पनि पक्राउ परेका छन् । शहिदनगर नगरपालिका वडा नं. ३ स्थित पशु सेवा केन्द्रको भवनबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको क्षेत्रीय कार्यालय बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले बताउनुभएको छ ।