KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धरानमा ७ हजार भन्दा बढि डेंगु संक्रमित

धरानमा ७ हजार भन्दा बढि डेंगु संक्रमित

विराटनगर,२४ साउन । धरानमा डेङ्गु संक्रमित बढेपछि सार्वजनिक भवन र वडा कार्यालयमा राखेर उपचार गर्न लागेको छ ।

डेङ्गु संक्रमितलाई अस्पताल र क्लिनिकमा बेड पाउन नसकेपछि वडा कार्यालय, सभा गृह, उद्योग वाणिज्य संघको भवनमा राखेर उपचार गरिरहेको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा बुधबारसम्म ११ हजार ८२ जनाको परीक्षण गर्दा ७ हजार ६६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

परीक्षण गरेकोमध्ये ६९ प्रतिशतमा पोजेटिभ आएको हो । डेङ्गु संक्रमणका कारण ९ जनाको मृत्यु भएको उपमहानगरपालिकाको तथ्याङ्कले देखाएको छ ।

धरानमा हरेकजसो घरमा डेङ्गुका बिरामी छन् । डेङ्गु संक्रमित बढेपछि उपमहानगरपालिकाको वडा नं ८, ११, १३, १४ र १५ ले संक्रमितलाई वडाभित्रकै विभिन्न भवनमा राखेर उपचार गरिरहेको छ ।

त्यसबाहेक उद्योग वाणिज्य संघ र धरानको सभा गृहमा पनि बिरामीको जाँच र उपचार गरिएको महाशाखा प्रमुख मेहताले बताएका छन । धरान उपमहानगरपालिका–१३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार साउन ११ गतेदेखि वडामा नै डेङ्गु जाँचका लागि रगत संकलन र बिरामीको उपचार गरिएको छ ।

वडामा दैनिक ५० देखि ८० जनासम्म बिरामी आउने गरेको उनले बताए । वडा कार्यालयले बाल क्लबका लागि बनाएको भवनको कोठामा म्याट ओछ्याएर बिरामीलाई राखिएको छ ।

‘बिहानदेखि बेलुका ७ बजेसम्म बिरामी राखेर उपचार गर्छौं, त्यसपछि घर जानुहुन्छ’, उनले भने, ‘आउनुपर्ने अवस्था भए भोलिपल्ट पनि आउनुहुन्छ।’ औषधि र स्लाइनपानी चढाउनका लागि बिरामीलाई वडाको भवनमा राख्ने गरिएको उनले बताए ।

बिरामीको उपचारका लागि वडाको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीबाहेक चार जनालाई बाहिरबाट मगाइएको उनले बताए । अन्य वडा कार्यालय र उद्योग वाणिज्य संघको कार्यालयमा पनि बिरामी राखेर उपचार गरिएको छ ।

Facebook Comment


Related Posts

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नामावली दर्तामा उछालः एक दिनमै ८० हजार नयाँ मतदाता थपिए

राजनीतिक दल, सरकार र जेन–जेडी प्रतिनिधिसँग आयोगको संयुक्त छलफलको तयारी

चितुवाको छालासहित दुई महिला पक्राउ

खैरो हेरोइनसहित ९ जना पक्राउ

मुख्यमन्त्री यादवको चेतावनीः ‘म सुरक्षित नभए अन्य सांसद पनि जोखिममा

मुख्यमन्त्री नियुक्ति र शपथ विवादको सुनुवाइ भोलि हुने

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

चार विद्यार्थीलाई फुल स्कलरसिपः जनकपुरको एन्जल स्कुलको गौरव वृद्धि

चार विद्यार्थीलाई फुल स्कलरसिपः जनकपुरको एन्जल स्कुलको गौरव वृद्धि

ताजा समाचार

एनपीएल क्रिकेटका लागि सुरक्षा कडा बनाउन गृहमन्त्री अर्यालको निर्देशन

एनपीएल क्रिकेटका लागि सुरक्षा कडा बनाउन गृहमन्त्री अर्यालको निर्देशन

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नामावली दर्तामा उछालः एक दिनमै ८० हजार नयाँ मतदाता थपिए

राजनीतिक दल, सरकार र जेन–जेडी प्रतिनिधिसँग आयोगको संयुक्त छलफलको तयारी

चितुवाको छालासहित दुई महिला पक्राउ

खैरो हेरोइनसहित ९ जना पक्राउ

मुख्यमन्त्री यादवको चेतावनीः ‘म सुरक्षित नभए अन्य सांसद पनि जोखिममा

मुख्यमन्त्री नियुक्ति र शपथ विवादको सुनुवाइ भोलि हुने

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar