जनकपुरधाम, २३ साउन । सशस्त्र प्रहरीले महोत्तरीबाट ८० किलो गाँजा बरामद गरेका छन ।
महोत्तरीको एकडाडा गाउपालिका– ३ अजमरट्टीबाट सोमबार सशस्त्र प्रहरीले ६ वटा गाँजाको पोका बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलेश्वरका गनपति लेखनाथ खनालका अनुसार गस्तीमा रहेको प्रहरीलाई देखेपछि नेपालबाट भारततर्फ टाउँकोमा बोकी लैजाँदै गरेको गाँजा अपरिचित व्यक्तिहरुले फालेर भागेको थियो ।
गाँजा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही प्रकृयाको लागि नेपाल प्रहरीसँग समन्वय गरिरहेको गनपति खनालले बताउनुभएको छ ।