काठमाडौं, २० साउन । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच शनिबार साँझ वार्ता भएको छ ।
वार्ता पुनः आईतवार बस्ने गरी स्थगित भएको संघर्ष समितिकी संयोजक रुपसागर उपाध्यायले जानकारी बताईन । उपाध्यायका अनुसार गृह मन्त्रालयको टोलीले प्रधानमन्त्रीसँग छलफल गरेर आइतबार मागका विषयमा छलफल गर्ने बताएको छ ।
उनले भनिन् । ‘आज सामान्य कुराकानी भयो, उहाँहरुले प्रधानमन्त्रीसँग सल्लाह गरेर भोलि वार्तामा बोलाउछौं भन्नुभएको छ’, ७ चैत २०६३ मा कार्यक्रम गर्ने स्थानको विवादमा रौतहटको गौरस्थित राइस मिलमा तत्कालिन मधेशी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो ।
झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो भने ५३ जना घाइते भएका थिए । सो घटनामा आफन्त गुमाएकाहरुले विभिन्न माग राख्दै रौतहटको चन्द्रनिगाहापुरमा धर्ना दिइरहेका छन् ।