जनकपुरधाम,१९ साउन । नेपाल निर्माण व्यवसायी महासंघ सप्तरी जिल्ला अध्यक्ष एनेश्वर दास जनमत पार्टीमा प्रवेश गरेको छ ।
शुक्रबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङक्वेटमा एक कार्यक्रमबिच निर्माण व्यवसायी महासंघका अध्यक्ष दास जनमत पार्टीमा प्रवेश गरेका छन ।
उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमला अबिरको टीका लगाउदै पार्टीको सदस्यता प्रदान गरेर पार्टीमा स्वागत गरेको छ ।
नवप्रवेशी दास सप्तरीको छिन्नमस्ता गाउँपालिका –५ लोखरम निवासी हुन । सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा पुर्वमन्त्री अब्दुल खान ,पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह र पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादवसहितका नेताकार्यकर्ताहरुको उपस्थितिमा अध्यक्ष दासले पार्टी प्रवेश गरेको जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जनाइएको छ ।