जनकपुरधाम, १८ साउन । मधेश प्रदेश धनुषाको ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै स्थानीय वासिन्दाहरुले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका हुन् ।
बिहिवार ढल्केवर विकास संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी काशीराज दहाललाई ज्ञापन पत्र बुझाउँदै इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेका छन ।
समितिका संयोजक फुलगेन महतो नेतृत्वको टोलीले ढल्केवरसहित धनुषाका उत्तरी भेगका नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाह इलाका प्रशासन कार्यालय स्थापना गरी सहज गरिदिन माग गरेको छ ।
जनताको घरदैलोमै सरल, सहज, सुलभ, झन्झटरहित एवं गुणस्तरीय सेवा पु¥याई संघीयताको अनुभूति गराउन ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने उनीहरुको रहेको छ ।
मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका लगायत यस भेगका नागरिकलाई नागरिकता, तथा राहदानी लिन सहज हुने र शान्ति सुरक्षाको प्रत्याभूति हुने ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले इलाका प्रशासन कार्यालय स्थापनाको लागि आफू पनि प्रयासरत रहेको जवाफ दिए ।