काठमाडौं,९ साउन । जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनीतिक समितिसहित पूरै केन्द्रीय समितिको बैठक बस्न लागेको छ ।
पार्टीका प्रवक्ता डा शरद्सिंह यादवका अनुसार यही साउन १८ गते बैठक आह्वान गरिएको जनाएको छ ।