जनकपुरधाम, ५ साउन । उपचारको क्रममा महिलाको मृत्यु भएपछि जनकपुरधामको रामानन्दचोकमा रहेको सुरक्षा अस्पताल तनावग्रस्त बनेको हो ।
जनकपुरधाम उपमहानगरपालिका १५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको मृत्यु भएको छ । बुधबार पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी उनको शुक्रवार दिउँसो उनको मृत्यु भएको छ ।
मृत्युभएपछि आक्रोशित आफन्तजन र स्थानीयबासिहरुले अस्पताल बाहिर प्रदर्शन गरेका छन् ।














