जनकपुरधाम, ४ साउन । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३० जनालाई सार्वजनिक गरेको छ ।
१७ दिनको अवधिमा मोटरसाइकल,हेलमेट, साईकल, महिलाहरुका गरगहना,ब्याटरी लागायतका सामान सहित चोरीमा संलग्न ३० जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई धनुषा प्रहरीले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको छ ।
पक्राउ परेका सबै १८ देखि ३८ वर्ष उमेर समूहका रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभएको छ ।