जनकपुरधाम, २ साउन । गत शुक्रबार राति सप्तरीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
बलात्कार घटनामा संलग्न आरोपमा चारजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार राईले जानकारी दिनुभएको छ ।
राईका अनुसार कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई पक्राउ गरिएको छ ।
शुक्रबार मध्येराति ती नाबालिकाको घरमै पसेर चारैजनाले कोही नबस्ने छेउको घरमा पु¥याएर बलात्कार गरेको पक्राउ परेकाहरूले स्वीकारेको प्रहरीले जनाएको छ ।
घटनापछि ती नाबालिकाले परिवारलाई सुनाएपछि परिवारले किटानी जाहेरी दिएका थिए । सोही आधारमा प्रहरीले चारैजनालाई नियन्त्रणमा लिएको छ ।