जनकपुरधाम, १ साउन । नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई डराउने दुई किशोरलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिनको २ बजेको समयमा जनकपुरधामको महाविर चोक स्थितमा मोटरसाइकलमा सवार दुईजनाले पेस्तोल देखाई स्थानीयहरुलाई डर त्रास फैलाउँदै हिँडिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ पर्ने दुबैजना करिब १६ वर्ष उम्मेरका रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जनाएको छ ।
उनका अनुसार दुबै किशोरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा उनीहरुको हातमा रहेको पेस्तोल नक्कली रहेको र यो भन्दा पहिला पनि स्थानीयलाई डर त्रास देखाउने गरेका थिए ।
यस बिषयमा थप अनुसन्धान भइरहेको छ ।