जनकपुरधाम, २८ असार । मधेश प्रदेश सरकारले ०७९।८० मा ५७.४२ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ ।
आव ०७८।७९ मा ६४.०४ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले यस पटक कम खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय, मधेश प्रदेशले जनाएको छ ।
प्रदेश सरकारले ०७९।८० का लागि ४७ अर्ब २ करोड ४१ लाख ५२ हजार १ सय १७ रुपैयाँ विनियोजन गरेकोमा २७ अर्ब २४ लाख १२ हजार ८८४.५२ खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी मनोजकुमार झाले जानकारी दिनुभएको छ ।
प्रदेश सरकारले खर्च गरेको बजेटमा चालुतर्फ ५१.९४ प्रतिशत अर्थात् १० अर्ब ७७ करोड ७६ लाख १३ हजार २४०।८३ रुपैयाँ र पुँजीगततर्फ ६१.७५ प्रतिशत अर्थात् १६ अर्ब २२ करोड ४७ लाख ९९ हजार ६४३.६९ रुपैयाँ खर्च गरेको छ ।