जनकपुरधाम, २३ असार । मधेशमा नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
प्रदेश सरकारले बजेट ल्याएको २३ औँ दिनमा बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवको जवाफ माग्दै एमालेले बैठक अवरुद्ध गरेको छ ।
बजेट भाषण सकेपछि अर्थमन्त्री संजयकुमार यादवले रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै विरोध जनाउँदै मुख्यमन्त्रीको तर्फबाट जवाफ नआएसम्म बैठक चल्न नदिने एमालेका एक नेताले बताउनुभएको छ ।
एमालेका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।