जनकपुरधाम, २२ असार । सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका ५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घरायसी झग्डाको कारण शुक्रबार दिउँसो आफ्नै श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई खुकुरी प्रहार गरी अर्जुनले हत्या गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिनुभएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।