काठमाडौं, १८ असार । जनमत पार्टी सरकारमा जान सकारात्मक देखिएको हो ।
जनमतले राखेका शर्तहरुप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकरात्मक देखिएपछि सरकारमा जाने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डलाई आईतवार न भेटेर जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सीके राउतले तीन शर्त राखेका थिए ।
बजेट, मधेस प्रदेशमा विना विभागीय बनाइएका आफ्ना दुई मन्त्री र संघमा मन्त्रीका विषयमा अध्यक्ष राउतले प्रधानमन्त्रीसँग छलफल गरेका छन ।
जनमत प्रधानमन्त्री सकरात्मक देखिएकाले सरकारमा जाने सम्भावना बढि रहेको पार्टीका नेता अब्दुल खानले जानकारी दिनुभएको छ ।
बजेटमा गरिएको असमानता हटाउने, मधेसमा विना विभागीय मन्त्री बनाइएकालाई जिम्मेवारी दिने र केन्द्रको मन्त्रालयका विषयहरुमा छलफल भएको बताएका छन ।