झापा,१२ असार । झापाको शिवसताक्षी नगरपालिकामा ट्रकले कारलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र–१–०२–००१ क ३८७९ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आएको प्र–१–०१–००च ७४८२ नम्बरको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको उर्लाबारीका ४० वर्षीय गुरुचरण चौधरी र १८ वर्षीया कुमकुम चौधरी रहेका बिएण्डसी अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले जानकारी दिनुभएको छ ।
मृतक दुईजना बाबुछोरी हुन् । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा पाँचजना घाइते छन् ।