काठमाडौं,९ असार । २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई नेपालको पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दाबी गरेका हुन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा उनले यस्तो दाबी गरेका हुन् । सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरुले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढनुपर्ने बताउनुभएको छ ।
‘म त पहिल्यै देखि बसेको हुँ भनेर जनताले पत्याउनेवाला छैन । जनता त त्यस्तो मानिस खोजिरहेका छन जसका काँधमा यो देशको जिम्मेवारी दिन सकियोस्,’ लामिछानेले भने, ‘त्यस अर्थमा अहिले जति पनि साथीहरुले जिम्मेवारी लिइरहनु भएको छ।
मेरो विनम्रतापूर्वक अनुरोध छ–त्यो जिम्मेवारी आफ्नो व्यक्तिगत चाहनाका लागि म त फलानो पार्टीको यो सदस्य हो नि ।
जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरु पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने उनको तर्क थियो ।














