नवलपरासी, ६ असार । बुधबार बिहान साढे ६ बजे नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेको ५७ वर्षिय छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिएको छ ।
उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका उहाँलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सारु श्रीमतीसँगै खेतमा काम गर्दै थिए ।