KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

चार्टर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

चार्टर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

काठमाडौं,६ असार । चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको चार्टर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

चीनसँग सीमा जोडिएको संखुवासभा हुँदै नेपाल प्रवेश गरेको जहाज बुधवार बिहान ९ बजेर ६ मिनेटमा पोखरा विमानस्थलमा अवतरण गरेको छ । १ सय ३० जना आउने भनिएको विमानमा कतिजना आएका छन् खुलेको छैन ।

चीन भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित नेपालका सांसद, चिनियाँ पर्यटक र खेलाडी उक्त विमानमा पोखरा आएका छन् ।

अध्यक्ष तिमिल्सिना, सात सांसदसहित ९ जना गत २७ जेठमा काठमाडौंबाट चीन भ्रमणमा गएका थिए । उनीहरू त्यही विमानमा पोखरा आएका हुन् ।

विमान पोखरामा एक घण्टा होल्ड हुनेछ । त्यसपछि त्रिभुवन विमानस्थलमा अवतरण भई नियमित उडानमार्फत् चीनको छेन्दु फर्किने छ । गत १७ पुसमा सञ्चालनमा आएको विमानस्थलमा चीनको छेन्दु–तियान्फु विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले उद्घाटन गरेका थिए । विमानस्थल २२ अर्ब लगानीमा निर्माण भएको हो ।

विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो ।

चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो ।

उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए ।

Facebook Comment

Related Posts

रास्वपा सरकार गठनको तयारीमा, आन्तरिक छलफल तीव्र

रास्वपा सरकार गठनको तयारीमा, आन्तरिक छलफल तीव्र

इरानी सुरक्षा प्रमुखको हत्या अस्वीकार्य : चीन

इरानी सुरक्षा प्रमुखको हत्या अस्वीकार्य : चीन

आयोगको प्रतिवेदनपछि नयाँ सरकार गठनको तयारी

आयोगको प्रतिवेदनपछि नयाँ सरकार गठनको तयारी

सुरक्षा व्यवस्थाबारे चासो : गृहमन्त्री महतो पर्सा पुगे

सुरक्षा व्यवस्थाबारे चासो : गृहमन्त्री महतो पर्सा पुगे

रास्वपाको बहुमतपछि नयाँ सरकार गठन प्रक्रिया सुरु

रास्वपाको बहुमतपछि नयाँ सरकार गठन प्रक्रिया सुरु

जनताको मतको रक्षा गर्दै एमालेको कडा भूमिका

जनताको मतको रक्षा गर्दै एमालेको कडा भूमिका

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar