काठमाडौं, ४ असार । समाजवादी मोर्चाबाट कोही तर्सिन जरुरी नभएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ ।
सोमबार काठमाडौंमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा कार्यक्रममा यादबले यो मोर्चा कसैको विरुद्धमा लक्षित नभएको बताएका छ ।
विगतका जनआन्दोलन र बलिदानबाट प्राप्त उपलब्धि समाप्त पार्ने खेल खेल्नेहरु भने मोर्चासँग डराउनुपर्ने यादवले बताए ।
विगतमा धेरै मोर्चा बन्ने र भत्किने गरेको भन्दै यादवले यो मोर्चाप्रति पनि नागरिकमा आशंका रहेको बताएका छन ।