जनकपुरधाम, ३ असार । नेपालमा चरम भाषिक विभेद र असमानता रहेको जनता समाजवादी पार्टी (जसपा)का केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले टिप्पनी गरेका हुन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा भाषा आयोगले आयोजना गरेको सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री यादवले नेपालमा बोलिने १ सय २५ भाषा मध्ये एक मात्र भाषालाई माननिय भाषाको रुपमा प्रयोग हुनु भाषिक विभेद र असमानताको पराकाष्ठा रहेको बताउनुभएको छ ।
कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख, सभामुख, प्रदेश सांसद राम अशिस यादब,राज्य मन्त्री संजय कुमार यादब, कांग्रेसका फरमुल्ला मन्सुर सहित हरेक राजनितिक दलका नेताहरु, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर लगायतकाले आ–आफनो धारणा राखेका थिए ।