काठमाडौं,२ असार । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुनः समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।
गएराति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिनुभएको छ ।
राष्ट्रपति पौडेलकोको मुटुमा समस्या देखिएपछि शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पु¥याएको अधिकारीले बताएका छन ।
उनको थप उपचारका लागि शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।